Logo

को को बन्लान् एआइजी ?



काठमाडौं, २८ असार । नेपाल प्रहरीमा रिक्त दुई एआइजीका लागि तीनजनाको तिव्र प्रतिष्पर्धा चलेको छ । असारभित्र नै बढुवाको तयारी भएकाले एआइजीहरुको दौडधुप चलेको हो ।

बढुवा प्रतिष्पर्धामा वरिष्ठताका आधारमा निरजबहादुर शाही र प्रद्युम्न कार्की अगाडि छन् । तर, उनीहरुभन्दा एक ब्याच पछाडिका विश्वराज पोखरेलले कडा चुनौती दिइरहेका छन् ।

शाही र कार्कीका ब्याची शैलेश थापा क्षेत्री आइजीपी बनिसकेका छन् । हरिबहादुर पाल विगतमै एआइजी बढुवा भइसके । अब वरिष्ठताका आधारमा शाही र कार्कीको सम्भावना बलियो छ । तर, यो ब्याचका कतिपयलाई उछिन्दै पोखरेल विगतमा बढुवा भएकाले उनी पनि मुख्य प्रतिष्पर्धी देख्एिका हुन् । पोखरेलले यसअघि शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई समेत उछिनेर एआइजी बन्ने चर्चा समेत चलेको थियो । जुन हुन सकेन ।

असारभित्र बढुवा सिफारिस नगरे नयाँ आर्थिक वर्षमा नयाँ कार्यसम्पादन मूल्याङकन गर्नूपर्ने भएकाले असारभित्रै बढुवाको तयारी भएको हो । नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका तीन दरबन्दी रहेकोमा हाल हरि बहादुर पाल मात्र कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्