Logo

४ वर्षीया बालिकामाथि बलात्कार, गाहा पक्राउ



पाल्पा, २८ असार । जबरजस्ती करणी गरेको अभियोगमा कुल बहादुर गाहालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर टोक्सेभन्ज्याङका कुल बहादुर गाहा पक्राउ परेका छन् । प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्