Logo

ठुलो बुबाको हत्या अभियोगमा भतिजा पक्राउ



कास्की, २८ असार । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा नवराज सापकोटा पक्राउ परेका छन् । आफ्नै ठूलो बुवाको हत्या गरेको अभियोगमा मादी घाम्नुङका सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ठुलो बुवाहरु सोही ठाउमाँ बस्ने ७७ वर्षीय केशबराज सापकोटा र ७९ वर्षीय पिताम्बर सापकोटालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएकोमा पिताम्बर सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का घाइते ठुलो बुबा केशवराजको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मादीबाट खटिएको प्रहरीले नवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्