Logo

मोटरसाइकलमा गाँजा ल्याउँदै गर्दा पक्राउ



काठमाडौं, २८ असार । अवैध लागूऔषध गाँजा सहित २ जना शनिबार साँझ पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नासिकापुलबाट करिब १ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे पनौतीका कबिराज सापकोटा र सोही ठाउँका सन्तोष सापकोटा रहेका छन् । महानगरीय अस्थाई प्रहरी पोष्ट आशापुरीबाट गएको प्रहरीले बा.४९ प ३६९७ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कैलालीको धनगढी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु ५ सय ७० मिलिग्राम सहित ना.७ ख ७०१० नम्बरको ट्रक चालक बैतडी दशरथचन्द्रका भरत नाथलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पार्किङ गरी चामलको बोराहरु लोड गरी राखेको उक्त ट्रक प्रहरीले जाँच गर्ने क्रममा चालकको पछाडिको सिटमा ब्यागभित्र कालो प्लास्टिकमा राखेको अवस्थामा उक्त वस्तु फेला पारी ट्रक सहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्