Logo

ऐश्वर्या राय र छोरी आराध्यालाई कोरोना संक्रमण



एजेन्सी, २८ असार । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । भारतीय सञ्चारमाध्यमले दुवैजना कोभिड १९ को संक्रमित भएको खबर सार्वजनिक गरेको हो ।

पूर्व विश्व सुन्दरी ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको हिजो नै खुलिसकेको छ । दुवैले ट्वीटमार्फत् यसको खुलासा गरेका थिए ।

बच्चन परिवारका सदस्यमध्ये जया बच्चनलाई मात्र संक्रमण देखिएको छैन । परिवार नै संक्रमित भएपछि अस्पताल भर्ना गरिएका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्