Logo

महानायक विवादमा करिश्मा किन मौन



काठमाडौ, २८ असार । धेरै कलाकार विवाद परिरहदा नायिका करिश्मा मानन्धर भने आफ्नै घरमा व्यस्त छिन् । उनले आफ्नै घरको परिसरमा लिएको नयाँ नयाँ पोजको निकै सुन्दर तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

चलचित्रका कलाकारहरु एक पछि अर्को गर्दै आरोप प्रत्यारोपमा लागेपनि उनले भने कसैको पक्ष वा विपक्षमा मुख खोलेकी छैनन् । उनकै समकालिन अभिनेता राजेश हमालको ‘महानायक’ बारेमा सामाजिक सञ्जाल तातिरहँदा करिश्मा भने चुप छिन् । करिश्मा विवादमा पर्न चाहान्नन् ।

उनी नेपाली चललित्रको एकमात्र सदावहार नायिका हुन् । एक समय राजनितीमा अग्रसर करिश्मा पछिल्लो समयमा भने राजनिती र विवादबाट टाढा छिन् । कुर्ता सलवारमा युवती तथा महिलाहरु धेरै सुन्दर देखिन्छन् र गर्व पनि महसुुस गर्छन् । करिश्मा कुर्ता सलवारमा झनै राम्री देखिन्छिन् । आज सुन्तला रंगको कुर्ता सलवारमा लिएको निकै सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी छिन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्