Logo

वातावरणीय असरबारे सतर्क बन्दै पुष्परोपनमा जोड दिनुपर्छ : डिआईजी पोखरेल



मुकुन्द कालिकोटे : काठमाडौँ, २८ असार । प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिन प्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपण गर्नुपर्नेमा जोड दिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले आयोजना गरेको कोटेश्वर तीनकुनेस्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रमको उद्घाटन गर्दै नायव महानिरिक्षक पोखरेलले सहरी वातावरणलगायत र राजधानीको सुन्दरतालाई ध्यानमा राखेर पनि सबै तह र तप्काबाट पुष्परोपण कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन्।

पोखरेलले ट्राफिक महाशाखाले निकै सराहनीय काम गरेको भन्दै पोखरेलले भने,‘यो कार्यले विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरुको पनि मन जित्ने छ र अरु विभिन्न संघ संस्थाहरुलाई पनि यस्ताखाले सकारात्मक काम गर्नलाई प्रेरणा मिल्ने छ।’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए।

ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा ९फुल० बनाउने कार्यालयलाई पुरस्कृत गर्ने बताए। ढकालले भने,‘महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता बढाउन पुष्परोपन गरिएको हो।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुनेबाट पर्यटकहरू आवात–जावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फूलहरू रोपि सडकलाई मनमोहक बनाउन खोजिएको हो। अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले रोपेका थिए।



प्रतिक्रिया दिनुहोस्