Logo

महाभारतकी ‘द्रौपदी’ प्रेमीसँग लिभिङ टुगेदरमा



महाभारत एक भारतको गाथा बोकेको सत्य घटनामा आधारित कथा हो । महाभारतका सबै पात्रहरु विशेष छन् । महाभारतमा ‘द्रौपदी’को भुमिकामा खेल्ने कलाकार हुन् रुपा गांगुली ।

महाभारतमा निकै घमण्डी र एक शसक्क्त महिलाको रुपमा उभिएकी थिइन् द्रौपदी । जस्ले बदला लिनकै लागि महाभारत युद्धको कारण बनिन् । रंगिन क्यामेरामा हासिल गरेको सफलताले उनलाई जति सन्तुष्टि दियो उनको व्यक्तिगत जीवनमा आँधीबेहरी त्यत्ति नै आयो ।

१९९२ मा रुपा गांगुलीको विवाह इन्जिनियर धुब्रो मुखर्जीसँग भएको थियो । विवाह पछि रुपाले कलाकारीता पेशा नै छाडेर गृहस्थी जीवन बिताउन थालिन् तर वैवाहिक सम्बन्ध राम्रो हुन सकेन । कयौपटक आत्महत्याको प्रयास समेत रुपाले गरिन् । विवाहको १४ वर्षपछि दुवै जना अलग अलग बस्ने निर्णय गरे ।

पछिल्लो समयमा रुपा मुम्बईमा आफु भन्दा १३ वर्ष कान्छा पेशाले गायककार प्रेमी दिब्येंदसँग लिभिङ टुगेदरमा रहेको एक कार्यक्रममार्फत जानकारी दिएकी थिइन् । हाल भने उनका प्रेमी दिब्येंदसँग पनि टाढिएको बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्