Logo

होटल मजदूरले चैतदेखिको तलब पाउने



काठमाडौं, असार २९ । लकडाउनमा बन्द रहेका होटलले आफ्ना मजदूरलाई न्यूनतम तलब दिइने भएको छन् । होटल एसोसिएसन र मजदूर संगठन बीच मजदुरलाई ४३ सयदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने आइतबार सहमति भएको छ।

सहमति अनुसार पाँचतारे होटलका मजदूरलाई मासिक १० हजार रुपैया दिने सहमति भएको छ । तर, २ सय भन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदूरले भने ९ हजार मात्रै पारिश्रमिक पाउनेछन् ।

यस्तै चारतारे डिलक्स सय कोठा भन्दा बढी भएका होटलका मजदूरले ८ हजार ४५५ रुपैया र सय कोठा भन्दा कम रहेका चारतारे होटल ८ हजार रुपैयाँ तलब दिने भएका छन् । तीनतारे होटलका मजदूरलाई ५ हजार र दुईतारे होटलका मजदूरलाई भने मासिक ४ हजार ३ सय रुपैयाँ तलब दिने सहमति भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्