Logo

वेस्ट इन्डिजले जित्यो कोरोना पछिको पहिलो टेस्ट



लन्डन, २९ असार । कोरोना भाइरसको दौरान फर्केको क्रिकेटअन्तर्गत इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट वेस्ट इन्डिजले आइतबार जित हात पारेको छ । वेस्ट इन्डिजले इंग्ल्यान्डकै घरेलु मैदानमा इंग्लिस टिमलाई ४ विकेटले हराएको हो । घरेलु टोलीले २ सय रनको लक्ष्य दिएको हो । जसमा वेस्ट इन्डिजलाई जित दिलाउन जेर्मेन ब्ल्याकवुडले सानदार ९५ रन बनाए ।

उनी बेन स्टोक्सको बलमा छलिँदा शतक बनाउनबाट चुकेका हुन् । यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ४ रन बनाएको थियो । इंग्ल्यान्डको इनिङ धरासयी बनाउन वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले ६ विकेट लिए भने शेनन गेब्रियलले ४ विकेट हासिल गरेका थिए ।

वेस्ट इन्डिजले यसको जवाफमा पहिलो इनिङमा ३ सय १८ रन बनाएर महत्वपूर्ण १ सय १४ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डको तर्फबाट बेन स्टोक्सले सर्वाधिक ४ विकेट लिएका थिए ।

इंग्ल्यान्डले दोस्रो इनिङमा ३ सय १३ रन बनायो, जसले पाहुना टोलीको लागि मात्र २ सय रनको विजयी लक्ष्य बन्यो । वेस्ट इन्डिजका लागि शेनन गेब्रियलले दोस्रो इनिङमा पनि घातक बलिङ गरे । उनले ५ विकेट लिएका हुन् । योसँगै तीन टेस्टको सिरिजमा वेस्ट इन्डिज १–० ले अगाडि रहेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्