Logo

कोरोना भाइरसको संक्रमित संख्या एक करोड ३० लाख नाघ्यो



एजेन्सी, २९ असार । विश्वभर दैनिक दुई लाखको दरले कोरोना भाइरसको सक्रमित संख्या वृद्धि हुनथालेको छ । योसँगै कुल संक्रमित संख्या एक करोड ३० लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कुल संक्रमित संख्या एक करोड ३० लाख २७ हजार रहेको छ । मृतक संख्या ५ लाख ७१ हजार नाघेको छ ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित संख्या छ । त्यहाँ संक्रमित ३४ लाख नाघेको छ । मृतक एक लाख ३७ हजार नाघेको छ ।

ब्राजिलमा १८ लाख ६६ हजार कोरोना संक्रमितमध्ये ७२ हजारको मृत्यु भइसकेको छ । भारतमा ८ लाख ७९ हजार संक्रमित भइसकेका छन् । त्यहाँ २३ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्