Logo

दाहसँस्कार गरिएका मानिस जीवितै



पाल्पा, २९ असार । पाल्पामा मृत्यु भएको ठानी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिनुभएको छ । गुल्मी जिल्ला रुरु गाउँपालिका बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, अर्चलेमा जीवित अवस्थामा भेटिनुभएको रिडीमा बसोबास गर्दैआएका चुरामणि तिमिल्सिनाले बताउनुभयो ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दैआउनुभएको थियो । श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरणको लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरू खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएको समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्