Logo

इपिएल फुटबलः सनको सानदार प्रदर्शन देखि रेलिगेसनबा जोगिने भिल्ला र बर्नमाउथको आशा पलायो



एजेन्सी, २९ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति महत्वपूर्ण खेलहरु भए । टोटनहामले आर्सनलमाथि महत्वपूर्ण जित हासिल गर्यो ।

टोटनहामको जितमा दक्षिण कोरियाली स्टार सन हुङ मिन नायक बने । उनले बराबरी गोल गरेका थिए भने जितका लागि टोबी अल्डरबेरलडले गरेको गोलमा कर्नर प्रहार गरेका थिए । २-१ को जितसँगै टोटनहामको युरोपा लिग खेल्ने आशा बढेको छ ।

यसैगरी, रेलिगेसन जोनमा रहेको एष्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २-० को जित दर्ता गरेको छ । अर्को रेलिगेसन जोनमा रहेो बर्नमाउथले लिसेष्टमाथि ४-१ को जित निकालेको छ । च्याम्पियन्स लिग छनोट हुने लिसेस्टरको संघर्षमा हारले धका पुगेको छ ।

वुल्भ्सले एभर्टनमाथि ३-० को जित निकालेको छ । एभर्टनको युरोपा लिगमा छनोट हुने संघर्षमा हारले असर पारेको छ ।-Photo Source: Tottenham



प्रतिक्रिया दिनुहोस्