Logo

बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुग्यो



काठमाडौं, असार २९ । देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी थप पाँचजनाको मृत्यु भएको छ। योसँगै चार दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। यो संख्या शनिबार ५५ थियो। यसैगरी बाढीपहिरोमा ४१ जना बेपत्ता छन्।

पछिल्लो २४ घण्टामा संखुवासभा, झापा, सुनसरी, उदयपुर र जाजरकोटमा मानवीय क्षति भएको छ। पहाडी जिल्लामा बाढीपहिरो र तराईमा डुबानले कम्तीमा एक सय परिवार विस्थापित भएका छन्।



प्रतिक्रिया दिनुहोस्