Logo

टिकटकः हराएका पतिसँग तीन वर्षपछि पुनर्मिलन



तामिलनाडु, असार २९ । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ।

प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो।

बीबीसीका अनुसार प्रहरीले अहिले ती दम्पतीलाई ुपरामर्शु दिएको जनाएको छ।प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए। जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ।



प्रतिक्रिया दिनुहोस्