Logo

थप एक साता उद्धार उडान



काठमाडौं, असार २९ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान एक हप्तालाई थप गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान असार ३१ देखि साउन ६ सम्मथप गरेको जनाएको छ।

४२ उडान थपिएकोमा नेपाल एयरलाइन्सले १५, हिमालय एयरलाइन्सले १५ र विदेशी विमान कम्पनीले १२ उडान भर्ने मन्त्रालयले जनाइएको छ। नेपाल एयरलाइन्सले भने १४ उडान भर्ने अनुमति आएको जनाएको छ।

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबई, जजिरा एयर,मालिन्दो एयरले उडान भर्ने जनाइएको छ। मन्त्रालय स्रोतका अनुसार दैनिक ६ उडान भर्ने गरी उडान तालिका सार्वजनिक भएको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत २६ हजार तीन सय ९६ नेपाली स्वदेश फर्किएका छन्।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो भने हिमालयले जुन १६ देखि दुवैले जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेका छन्।

यता नेपाल एयरलाइन्सले चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको र विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारको दोस्रो चरण पूरा गरेको जनाएको छ।

निगमले जुन १४ देखि जुलाई १२ सम्म दुबई, दोहा, क्वालालम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुवेत, रियाद, जेद्दाह, माले, ढाका लगायत गन्तव्यबाट ५८ वटा उद्धार उडानमार्फत जम्मा १० हजार नौ सय १२ यात्रुलाई स्वदेश फिर्ता गरेको विज्ञप्ति जारी गरेको छ।

प्रकाशितस् २९ असार २०७७ १०स्३१ सोमबार



प्रतिक्रिया दिनुहोस्