Logo

उपत्यकामा चारसहित देशभरका ६ निजी प्रयोगशालालाई कोराना परिक्षणको अनुमती



काठमाडौं, असार २९ । कोरोना भाइरस संक्रमण परीक्षण गर्न उपत्यकाका चारसहित ६ निजी प्रयोगशालाले अनुमति पाएका छन् ।

पीसीआर विधिबाट जाँच गर्न अनुमति पाउँनेमा काठमाडौंका ४, बुटवल र नेपालगञ्जका एक–एक अस्पतालले अनुमती पाएका हुँन् । काठमाडौंका चार अस्पतालमध्ये सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ कियरले अनुमति पाएको हुन् ।

त्यस्तै बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर गर्न परिक्षण गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्