Logo

दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद



एजेन्सी, २९ असार । दक्षिण अफ्रिकाको जोहानसवर्गस्थित रहेको अन्तर्राष्ट्रिय पेन्टेकोस्टल होलिनेस चर्चमा आक्रमणकारी समूहले आक्रमण गरेको छ । उक्त आक्रमणमा पाँच जनाको हत्या भएको छ । नेतृत्वको विषयमा विवाद चर्किएपछि चर्चमा आक्रमण गरिएको स्थानीयहरुले बताएका छन् ।

आक्रमण शनिबार बिहान जोहानसवर्ग क्षेत्रको पेन्टेकोस्टल होलिनेसे चर्चमा भएको हो । आक्रमणकारीद्वारा बन्धक बनाइएको महिला र बच्चाहरुलाई प्रहरीको टोली सकुसल उद्वार गरेका छन् । प्रहरीले ४० जना मानिसलाई समेत संलग्न रहेको आरोपमा पक्राउ गरेको छ भने दर्जनौँ हातहतियारहरु सिज गरेको छ । आक्रमणकारीहरु सानो अपराध(विभाजीत) समूहसंग संलग्ने रहेको प्रत्यक्षदर्शीहरुले जनाएका थिए ।

चर्चका पूर्व नतृत्वकर्ताको निधन पश्चात चर्चको नेतृत्वको विषय सन् २०१६ देखि नै विवाद बल्झिरहेको थियो । उक्त चर्चमा सोही विषका लागी सन् २०१८ मा समेत आक्रमण गरिएको थियो । चर्चको ५.२ मिलियन युरो हराएको कारण विवाद आक्रमणको रुप लिएको जनाइएको छ । चर्चको वरिपरि आउने सम्पूर्णलाई आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पाँच राइफल, १६ वटा सानो बन्दूक, १३ पेस्तोल लगायत हतियारहरु बरामद गरेको थियो । उक्त घटनाको अनुसन्धान तीव्र गतीमा भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्