Logo

ग्याङस्टर विकास दुबेः बाख्राले धान खाएको निहुँमा कुटपिट हुँदै प्रहरीको हत्यासम्म



एजेन्सी, २९ असार । सन् १९९२ मा भारतमा राम मन्दिर विवाद चर्किरहेको थियो । केही दिनपछि अयोध्यामा बाबरी मस्जिदलाई हटाउने तयारी भइरहेको थियो । मुस्लिम बहुल्यता भएको कानपुरस्थित रहेको बिक्रु गाउँमा उक्त विवादले आगो सल्काएको थियो । सन् १९९२ डिसेम्बर १ मा एक मुस्लिम परिवारको बाख्राले हिन्दुको खेतमा रहेको धानबाली नष्ट गर्न पुग्यो । बाख्रालाई धानबाली नष्ट गरेको आरोपमा प्रहार गरियो । उक्त विवादलाई प्रहरी चौकीमा दर्ता गराइयो ।

बाख्राको विवाद बिक्रु क्षेत्रमा चुलिरहको बेला एक व्यक्तिले बाख्रा विवादको विषय थाहा पाएपछि उनले ५० मानिसलाई जम्मा गरी प्रहरीमा दर्ता गराउने मुस्लिम लगायत मुस्लिम समुदायका ५० परिवारलाई क्रुरतापूर्वक कुटे । विवादले बिक्रु गाउँमा आतंक मच्चियो । कुटिएका मानिस मध्ये एक ७२ बर्षीय बृद्वले घटनामा संलग्न मानिसको विवरण बताइदिए ।

कुटपिट गर्ने मानिस २५ वर्षीय विकास दुबे रहेको जनाए । गाउँमा त्रास फैलिइसेकेको थियो । तीन हजार मानिस बसोवास गर्ने बिक्र गाउँमा विकास दुबेको डर सम्पूर्णको घरमा छिरिसकेको थियो । उक्त क्षेत्र लगायत कानपुर जिल्लामा केहीदिन मै दुबेले आफ्नो त्रास बनाउन सफल भए ।

अहिले विश्वले ५२ वर्षीय दुबेलाई आठ प्रहरीको क्रुरतापूर्वक हत्या गर्ने कुख्यात ग्याङस्टरका रुपमा चिन्ने गर्छन् । जस्को हालै प्रहरीले इन्काउन्टर गरेका छन् । भारतको एक सानो गाउँमा आपराधिक गतिविधि गर्ने दुबे राजनितिमा समेत सक्रिय हुन पुगेका थिए । प्रहरी लगायत राजनीतिक नेता तथा कार्यकर्ताहरु समेत उनीसँग डराउँथे । दुबे आठ प्रहरीको हत्या गरी फरार भएका थिए । प्रहरीले उनलाई छ दिन पछि हिरासतमा लिए ।

उनी एक चर्चित कुख्यात अपराधीको रुपमा चिनिने गर्दछन् । दुबेको आफ्नो जीवनको संघर्ष समेत अत्यधिक रहेको थियो । उनलाई मनपर्ने फिल्म सन् १९९९ मा रिलिज भएको अर्जुन पन्डित हो । उनलाई सौखिन आपराधीको रुपमा समेत चिन्ने गर्दछन् । मध्यम परिवारका जेठो छोरा थिए । बाबु राम कुमार दुबे र आमा सरला हुन् । भाइ ब्रीज किशोर निकै बुद्विमान र लगनशील विद्यार्थीका रुपमा चिनिने गर्दथे ।

१४ वर्षको दुबेलाई भाइसंग बस्न घरबाट कानपुर पठाइएको थियो । कक्षा ९ मा उनको कानपुरमा रहेको अमर सहिद कलेजमा भर्ना गरिएको थियो । तर, पढाई प्रति उनको ध्यान भने थिएन् । उनले सधै कक्षा नजाने र निरन्तर स्कुल जानुको साटो बाहिर जाने रमाउने र कसैको कुरा नसुन्ने व्यवहार गर्दथे । उनलाई टिभी हेर्न निकै मनपर्दथ्यो । यसैबीच दुबे र उनका साथीहरुको कलेजमा राजनीतिक नेता कार्यकर्ताहरुसँग सम्र्पक भयो । उनलाई समर्थन र प्रयोग समेत गरियो ।

सधै आफू ठूलो मानिस हुने चाहना व्यक्त गरिरहन्थे । गलत गतिविधिमा संलग्न हुन थाले । रेडियो मार्फत दुबे र उनको भाइ किशोरलाई लिंक गर्न थालियो । दुबेले त्यतिबेला सम्म उक्त क्षेत्रमा दबदबा कायम गरिसकेका थिए । उनका भाइहरु समेत दुबेको गतिविधिमा संलग्ने रहेको हल्ला भयो । सक्रियता रियलस्टेट विजनेसमा भइसकेको थियो ।

सन् २००३ मा कानपुरको कल्यानपुर क्षेत्रमा अविनाश नाम गरेका एक व्यक्तिको हत्या भएको थियो । उक्त हत्याको आरोप समेत दुबेमाथि लागेको थियो । हत्या विवाद कायम भइरहेको बेला उनको पहिलो पत्नीको निधन भएको थियो । उनका लागि त्यो ठूलो क्षति थियो । एक वर्षपश्चात उनको आफ्नै खेमाका एक सहयोगी मित्र राजुकी बहीनी रिचासंग प्रेम सम्बन्ध भयोे । सम्बन्धलाई विवाहमा परिणत गरे ।

दुर्ई छोराको जन्म भयो । त्यसमध्ये एक छोरा भने वेलायतमा अध्ययनरत छन् । प्रहरी हत्याको घटनापछि उनकी पत्नी र छाराले लखनउस्थितको घर छाडेका थिए । दुबेलाई प्रहरीले सामातेपछि उनीहरु घर फर्किए र उनको पत्नीलाई सोधपुछको क्रममा हिरासतमा राखियो । दुबेको हत्यापछि उनलाई छाडिएको थियो । सन् २००६ मा दबेले दिएको एक अन्तरवार्ता भाइरल भएको थियो । उनले आफ्नो र आफ्नो परिवारको राजनितिमा सक्रियताको विषयमा बोलेका थिए ।

उनले आफूले गरेको काम भागवानको देनको संज्ञा दिएका थिए । मुस्लिम पनि रहेका बिक्रु गाउँमा ब्राहमणको पकड बलियो थियो । उक्त क्षेत्रमा दुबेको दबदबाका कारण चुनाव सधै सहज र शान्तिपूर्वक हुने गर्दथ्यो । दुबेको आर्शिवाद लिन बिधायक, नेता र संसदहरु समेत आउने गर्दथे । चौबेपुर क्षेत्रको प्रहरी चौकी उनको घर जस्तै थियो । थुप्र आपराधिक चार्ज लागेपनि उनले सन् २००० मा पञ्चायतका सिट जितेका थिए ।

जनता दलबाट मनोनित मन्त्रीको नजिक हुने गर्दथे । उनका लागि सधै उक्त पार्टीको ढोका खुल्ला थियो । ब्राहमणको भोट दुबेको पक्षमा थियो । यस कारण उनलाई एक कडा प्रतिस्पर्धीको रुपमा लिइन्थ्यो । उनले चुनावका बेला एक स्थानीय श्रवण कुमारलाई सार्वजनिक रुपमा झापड हानेका थिए । पुनः उनी चर्चामा आए र सम्पूर्णको ध्यान केन्द्रित गरेको थियो । जनता दलका प्रमुख नेताको नजिक थिए र हालै उनी समाजवादी पार्टीमा सक्रिय रहेको थिए । यस विषलाई उनकी आमाले बताएकी थिइन् । यद्दपी, समाजवादी पार्टीले दुबेसंग कुनै सम्र्पक नरहेको विषयलाई खण्डन गरिसकेको छ । पछि उनको केही तस्बीर, भिडियोले पार्टी विधायक भगवती प्रसाद र बिठूरका विधायक अभिजित सिंहसंग सम्बन्ध खुलेको थियो । उक्त विषयलाई नेताहरुले समेत खण्डन गरेका थिए र आपराधीहरु राजनितिको आडमा नाम लिने गर्दछन् भन्दै जवाफ दिए ।

सन् १९९० देखि उत्तरु प्रदेश प्रहरी चौकीमा दुबे विरुद्व उजुरीहरु दर्ता हुन सुरुवात भयो । सन् १९९९ मा दुबेको जग्गा उनकै गाउँका जुन्न बाबाले अतिक्रमण गरेको थिए । उक्त विवादमा उनले बाबाको हत्या गरेको आरोप लागेको थियो । तर, त्यस बेला कुनै उजुरी दर्ता भएन् । पछि उनले आफूले शिक्षा प्राप्त गरेको विद्यालयका प्रिन्सीपलका हत्या गरे । उनलाईपनि जग्गा अतिक्रमण गरेको आरोपमा हत्या गरेका थिए । उनलाई जन्म कैदको फैसला भयो । तर, सन् २००१ मा छुटे । उनी जेलमा रहेका बेला आफ्नै गाउँका राम बाबु यादवको हत्याको षड्यन्ंत्र गरेका थिए । सन् २००१ मा राजनाथ सिंह सरकारका बेला उनले सिवली प्रहरी चौकी भित्र सन्तोष शुक्लाको हत्या गरेका थिए । उनलाई प्रहरीले छ महिनासम्म खोज्न सकेनन् ।

उनले आफै अदालतमा आत्मसमर्पण गरेका थिए । केही वर्ष पछि उनलाई उक्त हत्यामा प्रहरीले समेत गलत बयान दिन पुग्यो । प्रहरी चौकी भित्र छिरेर गोली प्रहार गर्ने व्यक्ति दुबे नरहेको प्रहरीले स्पष्ट पारिदियो । उनलाई अदालतले जेलमुक्त गरिदियो । केस भने अझ यथावत छ । राजनितिक विवादका कारण घटना भएको सन्तोष शुक्लाका भाई मनोज शुक्लाले बताए । श्रीवास्तव र शुक्ला चौबेपुरबाट एकै क्षेत्रबाट चुनाव लडेका थिए । दुबे श्रीवास्तवको नजिक रहेको कारण उक्त घटना घटेको जनाइएको छ । दुबेले आठ प्रहरीको हत्या अभियोग लागेपछि उत्तर प्रदेशका डिजीपी हितेश चन्दले शुक्ला मर्डर केसले आई कोर्टमा निररन्तरता पाउने विषय जनाएका थिए । त्यसै गरी दुवे सन् २००२, सन् २००४, २००५ र २०१७ मा विभिन्न आपराधिक गतिविधिको आरोपमा संलग्न रहे ।

दुबेमाथि ६२ वटा उजुरी दर्ता जारी अवस्थामा रहेको जनाइएको छ । सन् २००६ मा दुवेले दिएको अन्तरवार्तामा आफू प्रति लागेको सम्पूर्ण चार्जहरु लगत रहेको ठहर गरेका थिए । डिएसपीसहित आठ प्रहरीको हत्या गरी उनी फरार भइ मध्यप्रदेशका उज्जेन शहरमा लुकेर बसेका थिए । प्रहरीले उनको खोजीलाई तीव्रता दिदै उनको घर समेत भत्काइदिएको थियो । उनको हत्याको छ दिनपछि उज्जेनको एक मन्दिरबाट प्रहरीले हिरासतमा लिएका थिए । प्रहरीको हिरासतबाट भाग्न खोज्दा उनलाई इन्काउन्टरमा प्रहरीले मारेका थिए ।

राजनीतिमा आफ्नो नाम बनाउन इच्छा रहेको जाहेर समेत गरेका थिए । यस प्रकारको हत्याको आशा स्वयम दुबेले समेत गरेका थिएन् । उनले अन्तिम समयमा ‘विकास दुबे हुँ कानपुरबाला‘ भन्दै ज्यान प्रहरी नियन्त्रणका क्रममा बोलेका थिए । कुनै समये प्रहरी उनको खल्तिमा हुने गर्दथ्यो तर त्यही प्रहरीले थप्पड हान्यो । इन्काउन्टरमा मारिए ।



प्रतिक्रिया दिनुहोस्