Logo

ईश्वर पोखरेलको प्रश्न : प्रधानमन्त्री ओलीलाई अहिले छोड भन्नेमा के लजिक छ ?



काठमाडौं, २९ असार । उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले केपी शर्मा ओली अबको प्रधानमन्त्री हो भनेरै आफूहरुले चुनावमा भोट मागेको स्पष्ट पारेका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री ओलीको अहिले राजीनामा माग्नुको के आधार छ ? औचित्य पुष्टि गर्न नसक्ने कुरा हो । नैतिक हिसाबले पनि भन्न नमिल्ने कुरा होईन्।’



प्रतिक्रिया दिनुहोस्