Logo

बोलिभियाका अर्थमन्त्री ओर्टिजमा पनि देखियो कोरोना



२९ असार : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनले क्वारेन्टिनमा राखिएको छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ ।

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ ।एएफपी

बोलिभिया सिनेटकी अध्यक्ष कोपामा कोरोना पोजेटिभ

बोलिभियाकी राष्ट्रपति चाभेज पनि कोरोना संक्रमित



प्रतिक्रिया दिनुहोस्