Logo

तनहुँमा बाढीपहिरोले मृत्यु हुनेको संख्या ६ पुग्यो (सुचीसहित)



तनहुँ, २९ असार । बाढीपहिरोले जिल्लामा मृत्यु हुनेको संख्या छ पुगेको छ । पाँचजना वेपत्ता छन् ।

आइतबार रातिदेखको अविरल वर्षाले बाढीपहिरोले रिसिङ गाउँपालिका र ब्यास नगरपालिकामा जनधनको क्षति पुगेको हो । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने र वेपत्ता हुनेहरु अधिकांश एउटै परिवारका छन् ।

मृत्यु हुनेहरु
१. रिसिङ गाउँपालिका भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा
२. ब्यास नगरपालिका माझफाँटका ४० वर्षीया कमला थापा
३. सोही स्थानका २४ वर्षीय मनोज थापा
४. सोही स्थानका २१ वर्षीय अन्जन थापा
५. म्याग्दे गाउँपालिका बेलौतेडाँडाका १७ वर्षीया लक्ष्मी विक
६. माँझफाँटकी ७० वर्षीया मैतकुमारी घर्ती

वेपत्ता भएकाहरु
१. रिसिङका २९ वर्षीया नानुमाया थापा
२. सोही स्थानका ५ वर्षीया अमिषा थापा
३. सोही स्थानका महादेव थापा
४. माँझफाटकी १९ वर्षीया मनिसरा थापा
५. ब्यास माँझफाटका २० वर्षीय राजेश थापा



प्रतिक्रिया दिनुहोस्