Logo

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्न पाउने



एजेन्सी, २९ असार । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीमाथि दुई वर्ष युरोपियन क्लब प्रतिष्पर्धा खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । यसअघि उसमाथि लगाइएको प्रतिबन्धको निर्णय पुनरावलोकनका लागि भएको निवेदनमाथि आज द कोर्ट अफ आरबिटेसन फर स्पोर्ट (कास) ले फकुवाको फैसला सुनाएको हो ।

यसअघि युएफाले फेब्रुअरीमा सिटीले सन् २०१२ देखि २०१६ बीच आर्थिक फेयर प्ले विधान उल्लंघन गरेको भन्दै दुई वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिटीमाथि ३ करोड युरोको जरिवाना लगाइएको थियो । आजको फैसलासँगै प्रतिबन्ध फुकुवा भएको छ भने उसले मात्र एक करोड युरो जरिवाना तिरे पुग्ने हुनेछ । तर, युएफाले अझै स्वीस अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गर्न सक्नेछ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्