Logo

खाली भएका क्वारेन्टाइनबाट झन् खतरा



काठमाडौं, २९ असार । देशमा कोरोना भाइरसको संक्रमित नीको भई धमाधम घर फर्कन थालेका छन् । संक्रमित नीको हुँदै जानु सुखद खबर हो । विदेशबाट देशमा आउनेको संख्या पनि घटेको छ । विदेशबाट फर्केका र कोरोनाको आशंकितहरुलाई क्वारेन्टाइनमा राखिने गरिएकोमा पछिल्लो समय खाली हुन थालेको छ । यसले झन् जोखिम बढाएको सुन्दा आश्चर्य लाग्न सक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन खाली भएपछि प्रयोगमा आएका सामानको उचित व्यवस्थापन नहुँदा खतरा बढेको भन्ने जानकारीमा आएको भन्दै चिन्ता व्यक्त गरेको छ । आज नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टाइनमा प्रयोग भएका सामाग्रीको अनिवार्य व्यवस्थापन हुनुपर्ने बताए ।

क्वारेन्टाइनमा प्रयोग भएका सामाग्री साबुन पानीले धुने, क्लोरिन पानीमा आधा घन्टा डुबाएर राख्ने, भाँडाकुँडा यत्रतत्र नफाल्ने र व्यवस्थापन गरी सम्बन्धित स्थानीय निकायमा बुझाउन आग्रह गरे । फोहोर सामाग्रीको व्यवस्थापनमा जोड दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्