Logo

रियाशा र सुधिर अभिनित ‘छन् छन् चुरा’ गीतको भिडिओ सार्वजनिक



काठमाडौं, २९ असार । निर्देशक प्रिन्सपन कार्कीको ’छन् छन् चुरा’ बोलको नयाँ तिज गीत सार्वजनिक भउको छ । अहिलेकी चर्चित गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको स्वर रहेको उक्त गीतको शब्द र संगीत भने शंखर लामिछानेले भरेका छन् ।गीतको भिडियोमा मोडल रियासा दाहाल र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

यो जोडीले यसअघिपनि स्क्रिन सेयर गरिसकेका छन् । यस गीतलाइ बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश ऐरले गरेका हुन्। त्यसैगरी उक्त गीतको भिडियो नविन निरौलाले सम्पादन तथा रंग भरेका छन्। भिडिओ क्यानडा नेपाल युट्युबमार्फत बजारमा आएको हो । भिडिओ:



प्रतिक्रिया दिनुहोस्