एजेन्सी २९ असार : अलिबाबाका सह संस्थापक ज्याक माले कम्पनीमा आफ्नो शेयर हिस्सा घटाएका छन्। उनले आफ्नो हिस्सा ६.२ प्रतिशतबाट घटाएर ४.८ प्रतिशतमा झारेका हुन्। उनले ८.२ बिलियन डलर बराबरकाे शेयर बिक्री गरेका हुन्।
कम्पनीले उनले बिक्री गरेको शेयर मूल्यका बारेमा केहि खुलाएको छैन। एक वर्ष अघि कम्पनीको शेयर मूल्य करिब ४० प्रतिशत बढेको थियाे। महामारीका कारण चीनको अर्थतन्त्रमा आएको गिरावटसँगै अनलाईन खरिद बढेकाले कम्पनीको शेयरमूल्य बढेको हो। उक्त कम्पनीका कार्यकारी उपाध्यक्ष जोसेफ साइले समेत कम्पनीको शेयर बिक्री गरेका छन्। उनले शुक्रबार ३.३ बिलियन डलर बराबरकाे शेयर बिक्री गरेका हुन् ।




प्रतिक्रिया