Logo

अरु महानायक विवादमा, रेखा थापा योगामा मस्त



काठमाडौ, २९ असार । चलचित्रका कलाकारहरु विवादमा परिरहँदा नायिका रेखा थापा भने आफ्नै दुनियाँमा छिन् । उनी विवादबाट बिल्कुल टाढा छिन् । उनी कसैको पक्ष वा विपक्षमा बोलेकी छैनन् । अन्यायको चर्को विरोध र आलोचना गर्ने रेखा चलचित्रकै कलाकार दीपाश्री निरौला र नायक राजेश हमालको बारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
रेखा आजकल योगामा मस्त छिन् । उनको योगाको विभिन्न शैलीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएका छन् । उनी योगमै रमाइरहेकी छिन् ।

दीपाले एक अन्र्तवार्तामा राजेश हमालको ‘महानायक’ पदको बारेमा पत्रकारलाई गरेको प्रतिप्रश्नले उत्पन्न विवाद अझै अन्त्य भएको छैन । उनले दर्शकसँग गल्ती स्विकार गर्दै पटक–पटक माफी मागे पनि गाली गलौज र आलोचना गर्ने क्रम अझै रोकिएको छैन् ।

दीपालाई सामाजिक सञ्जालमा गरेका दर्शकले अनावश्यक गाली गलौज र विरोधले मानसिक रुपमा असर परीरहेको भन्दै धेरै कलाकारहरुले दीपाबाट भएको गल्तीलाई माफी दिन समेत आग्रह गरिरहेका छन् । तर केही चलचित्र कलाकारहरु भने मौन छन् । उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

आज रेखाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मान्छेको वास्तविक मुल्याङ्कन धेरै चुनौती र बिषम परिस्थितीको बेला हुन्छ, हरेक परिस्थितीले हामीलाई केही न केही उपहार ल्याएको हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्