Logo

साँढेले ४ तोला सुन खाएपछि…



मानिस आफ्नो मिहेनतको कमाईबाट घर बनाउछन् र आफ्नो आवश्यक चीन जोड्दै जान्छन् । त्यस्तै महिलाहरुले आफ्नो लागि विशेष त सुन चाँदीका गहना जोड्छन् । त्यही दुःखले जोडेको सम्पत्ति एउटा साढेले खाइदिएको छ । भारतको हरियणाको घटना हो ।

जनकराज नामका व्यक्तिको घरमा भएको घटना हो जहाँ सासु र बुहारीले आफ्नो गहना बटुकामा राखेर तरकारी काट्दै थिए । भुलबस बटुकाको तरकारीको फोहोर कुँडोमा फालिदिए । कसैलाई याद नै भएन की बटुकोमा सुनका गहना थिए ।

सिसिटिभीबाट पत्ता लागेको छ साँढेले कुँडोको पानी खायो र गहना पनि निल्यो । साँढेले ४ तोला सुन निलेको छ । पशु चिकित्सकलाई खबर गरेर उक्त साँढेलाई घरको नजिक राखेका छन् । उसको दिशामा गहना भेटिने आशाले साँढेलाई खान दिएर राखेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्