Logo

दीपकराज गिरीले भने– ७५ प्रतिशत फेक आइडीको प्रयोगले छक्का पञ्जामाथि प्रहार



काठमाडौ, २९ असार । लोकप्रीय हाँस्य कलाकार दीपकराज गिरीले राजेश हमाल र हमालका फ्यानसँग माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत दीपकले आफ्नो पक्षबाट गल्ती भएको भन्दै राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार नभएको पनि स्पष्ट पारेका हुन् ।

दीपकले फेसबुक लाइभमा एउटा ब्राण्डको समुहले अर्को ब्राण्डका कलाकार माथी प्रश्न उठाउनु गलत भएको स्विकार गर्दै अब सुध्रने पनि जानकारी दिएका छन् । राजेश हमालको विषयमा कुरा हुँदा हुँदै ‘छक्का पञ्जा’को ब्रान्ड माथी नै प्रहार हुन थालेको आरोप समेत दीपकले लगाए ।

उनले ७५ प्रतिशतले आफ्नो समुहमाथि कुनै समुहले फेक आइडीको प्रयोग गरेर सुनियोजित रुपमा प्रहार गरीरहेको पनि आशंका गरे । दीपकले आफ्नो समुहलाई फिल्म क्षेत्रबाट लखेट्न खोजिएको समेत आरोप लगाए । उनले कसैका दिदी बहिनीले केटासाथीसँग काम गर्दा दीपालाई झै भन्नुहुन्छ ? भनी प्रश्न समेत गरेका छन् ।

दीपकले भनेका छन्, ‘वर्षौदेखि राजेश हमाललाई गाली गरेर नथाक्नेहरु अहिले आएर राजेशको पक्षमा उभिएको देख्दा लाज लागेको छ । ’



प्रतिक्रिया दिनुहोस्