Logo

विवेक ओबेरायले बच्चन परिवारको लागि गरे प्राथना



काठमाडौ, २९ असार । अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र आराध्या राय कोविड १९ पोजेटिभ भएपछि पुरै परिवारको लागि प्राथना गरिरहेका छन् । अभिनेता विवेक ओबरायले पनि बच्चन परिवारको छिटो स्वस्थ्य हुन कामना गरेका छन् । उनले ट्विट मार्फत बच्चन परिवारको लागि प्रार्थना गरेका हुन् ।

पुर्व विश्व सुन्दरी एश्वर्या राय र आराध्याको कोविड १९ पोजेटिभ भएको खबरलाई रिट्विट गरेर विवेकले लेखोका छन्, ‘सबै परिवारको शिघ्र स्वास्थ्य लाभको कामनाको लागि हाम्रो प्राथना ।’ यस अघि उनले अमिताभ र अभिषेक बच्चनको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लेखेका थिए, ‘हामी तपाइँको लागि प्राथना गरीरहेका छौ । धेरै छिटो तपाइँ स्वस्थ्य हुनुहोस् । ख्याल राख्नुहोस् ।’

विवेक र एश्वर्याले ‘क्यु हो गया ना’ चलचित्रमा सँगै काम गरेका थिए । उक्त फिल्ममा अमिताभ बच्चन पनि थिए । बच्चन परिवारसँग विवेकको धेरै पुरानो सम्बन्ध रहेको छ । अमिताभ र अविषेक बच्चन नानावटी अस्पतालमा र एश्वर्या र आराध्या घरमा नै क्वारेन्टाइनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्