Logo

नागसँग सम्बन्धित रोचक मान्यताहरु



नेपालमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलि आएको छ । नेपालमा नाग देवता मानेर पुजा गरिन्छ । सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ । मानिसहरुलाई नागसँग जोडीएका प्रचलित मान्यताहरु छन् । आज हामी मान्यताहरुको चर्चा गरौ ।

  • इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् ।
  • नाग–नागित बदलिन सक्छन् । तर नाग र सर्पमा फरक हुन्छ ।
  • केहि दुर्लभ सर्पको शीरमा मणि हुन्छ ।
  • नागको स्मरण शक्ति अत्याधिक हुुन्छ ।
  • एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ ।
  • एक सय वर्ष पुरा गरेपछि मात्र नागको दाह्री आउन थाल्छ ।
  • नाग जो कसैको शरीरमा आउन सक्छ ।
  • नाग मानिस बस्ने स्थानमा मात्र बस्छन् ।
  • नागले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ ।
  • सर्पमा मानवको रक्षा गर्ने शक्ति हुन्छ ।
  • नाग संगीत सुनेर झुम्न थाल्छ ।
  • नाग हेर्नु र मार्नु पाप हो ।
  • ठुलो नाग शिवको अवतार हो ।
  • नागको फोटो घरको ढोका माथि राख्दा घरलाई कसैको नजर लाग्दैन ।
  • नाग एक मुखे मात्र नभएर १० मुखे पनि हुन्छन् ।
  • नागले सबैभन्दा पहिला प्राकृतिक प्रलय, भुकम्प वा अन्य किसिमका संकेत पाउँछन् ।
  • नागको रुपमा देवता हुन्छन् जसले धर्तिका सबै प्राणीलाई आफ्नै सम्झन्छन् ।


प्रतिक्रिया दिनुहोस्