Logo

भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने



२९ असार : भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ ।

कार्पेट निर्यात प्रबद्र्धन परिषद्ले आयोजना गरेको ४० औँ एक्सपोको विद्युतीय माध्यमबाट सञ्चालन गर्ने तयारी भएको हो ।

एक्सपो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्सपो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ ।

यस एक्सपोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रबद्र्धन गर्ने मौकाका रुपमा लिइन्छ ।

उनीहरुले आफ्ना उत्पादनका बारेमा क्रेताहरुलाई बुझाउन पाउनेछन् भने कतिपय एजेण्डाहरुका बारेमा पनि छलफल गर्नेछन, परिषद्द्धारा जारी वक्तव्यमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस्