Logo

देशभर वर्षाले बाढीपहिरोको खतरा बढ्यो, बितेको २४ घन्टाभित्र ११ को मृत्यु १७ जना वेपत्ता



काठमाडौं, २९ असार । बाढीपहिरोले देशका चारवटा जिल्लामा जनधनको क्षति भएको छ । गृहमन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ११ जनाको मृत्यु हुनाको साथै १७ जना वेपत्ता भएका छन् । आठ जना घाइते भएको तथ्यांक छ ।

आइतबार रातिदेखको अविरल वर्षाले तनहुँको रिसिङ गाउँपालिका र ब्यास नगरपालिकामा जनधनको क्षति पुगेको हो । घटनामा १० जनाको मृत्यु हुनाको साथै २ जना घाइते भएका छन् । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने र वेपत्ता हुनेहरु अधिकांश एउटै परिवारका छन् ।

संखुवासभामा पहिरोमा ११ जना वेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन् । भोलिसम्म वेपत्ता पत्ता लगाइसक्ने गरी उद्धार कार्य भइरहेको बताए । म्याग्दीमा पहिरोले एकजनाको मृत्यु हुनाको साथै ४ जना वेपत्ता छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्