Logo

कमल थापाको टिप्पणी : ‘प्रधानमन्त्रीको ध्यान भारतसँग सम्बन्ध बिगार्नेतर्फ गएजस्तो लाग्छ’



काठमाडौं, २९ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम भारतीय नभएको र अयोध्या ठोरीमै रहेको’ भनेर दिएको अभिव्यक्ति उटपट्यांग, अपुष्ट र अप्राणित कुरा आउनु सर्वा उपयुक्त नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए। भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएपछि अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्,’प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।’ File Photo/ReportersNepal

Related News:

राम र अयोध्या भारतको नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने- ठोरी नै अयोध्या



प्रतिक्रिया दिनुहोस्