Logo

ओेली र मोदीले जनकपुर-अयोध्या-जनकपुर बस सेवा संयुक्त रुपमा उद्घाटन गरेका थिए



काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या वास्तवमा नेपालको ठोरीमा भएको बताएका छन् । उनले भारतमाथि सांस्कृतिक अतिक्रमणको समेत आरोप लगाए । हिजो बालुवाटारमा बोल्दै ओलीले यसो बोलिरहँदा एउटा इतिहास भने साक्षी छ । त्यो हो ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरुपमा जनकपुर-अयोध्या-जनकपुर बस सेवाको उद्घाटन गरेको ।

दुई वर्ष अघि अर्थात् ११ मे सन् २०१८ मा दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या जनकपुर सिधा बस सेवाको उद्घाटन गरेका थिए । रामायण सर्किटको सोच अनुसार उक्त उद्घाटन गरिएको थियो ।

उक्त उद्घाटनमा ओलीले जनकपुर र अयोध्याबीचको सिधा सम्बन्धलाई ऐतिहासिक क्षण भनेका थिए । दुई देशबीच धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने भनेका थिए ।

११ मे २०१८ कै दिन ओली र मोदीले जानकी मन्दिरमा एक साथ सम्बोधन गरेका थिए त्यो पनि उस्तै पोशाकमा । यसलाई राजनीतिक रुपमा पनि अर्थपूर्ण मानिएको थियो ।

File Photo



प्रतिक्रिया दिनुहोस्