विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर


काठमाडौं, असार ३० । कोभिड–१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो। यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर बढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन्। कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ।

लकडाउनका कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो। यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो। सो कार्यविधिमा विद्यालयले तीन प्रति विद्यार्थीको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा एकाइमा पठाउनुपर्ने व्यवस्था छ।

विद्यालयले विद्यार्थीले आन्तरिक मूल्यांकनमा प्राप्त गरेको नम्बरलाई बेवास्ता गर्दै अर्कै नम्बर राखेर विवरण पठाएको काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताएको आजको नागरिक दैनिकमा खवर छ ।