Logo

प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे- ओलीले मानसिक सन्तुलन गुमाएको देखियो



काठमाडौं, ३० असार । भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।

आज विहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिंघवीले ओलीले शुरुमा भारतको भुभाग दाबी गरेको र त्यसपछि अयोध्या नेपालमा रहेको भनेको लेखेका छन् ।

सिंघवीले लेखेका छनः नेपालका प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाएको देखिदैछ या कठपुतली र सुगाले जसरी चीनले तयार गरिदिएको वाक्य बोलिरहेका छन् । शुरुमा उनले नेपालले कहिले दाबी नगरेको भुमि दाबी गरे । अहिले अयोध्या र रामराज्य नेपालभित्र रहेको पुर्नस्थापित गर्न खोजे ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा अयोध्या नेपालमा रहेको र राम नेपालकै ठोरीतिरको राजकुमार भएको टिप्पणी गरेपछि भारतभित्र चासो बढिरहँदा सिंघवीको भनाई आएको हो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्