Logo

गोपाल किराँतीको दाबी : केपी ओलीलाई प्रचण्डको उपयोगिता सकियो (भिडिओसहित)



काठमाडौं, ३० असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको उपयोगिता सकिएको बताएका छन् । उनले सत्तारुढ नेकपा नफुट्नेसमेत दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेकपा फुट्दैन् । किनभने उहाँहरुको बीचमा सैद्धान्तिक मतभिन्नता छैन् । भागबण्डाको झगडा हो । त्यो मिलाउनुहोला ।’

किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिँदा राम्रो हुने तर्क गरे । उनले भने,‘प्रचण्डको उपयोगिता सकियो । प्रचण्डको उपयोगिता ओलीलाई दुई कामको मात्रै थियो । एउटा अन्तर्राष्ट्रियस्तरमा प्रचण्डजस्तो विद्रोहीलाई मैले सोझ्याएँ । तह लगाएँ भनेर देखाउनु । त्यसभित्र आफ्नो प्रतिष्पर्धीलाई मातहतमा ल्याउनु हो । दुवै उपयोगिता सकियो ।



प्रतिक्रिया दिनुहोस्