Logo

ओली-दाहाल एक घण्टा भेटवार्ता



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच आज करिब एक घण्टा भेटवार्ता भएको र उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । दुई अध्यक्षबीच गत शुक्रबारदेखि नै वार्ता हुन भनिएको थियो ।

तर, दाहाल बाढि, पहिरोले पुर्याएको क्षतिको स्थलगत् अवलोकन गर्न गृहजिल्ला चितवन पुगेपछि वार्ता हुन सकेको थिएन् । दाहाल हिजोमात्रै काठमाडौं फर्किएका हुन् । पछिल्लो समय नेकपाभित्र विवाद चुलिएको छ । यही कारणले स्थायी कमिटीको बैठकसमेत प्रभावित बन्दै आएको छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । स्थायी कमिटीको बैठक आउने साउन २ गते बस्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्