काठमाडौं, ३० असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली खतरनाक बनेको टिप्पणी गरेका छन् । उनले ओलीको चिन्तनप्रणाली स्वस्थ नदेखिएको सम्म भने ।
आज एक ट्वटिमार्फत् जनता समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीको हातमा रहेको लेखेका छन् । उनले लेखेका छन्, ‘अब वहाँलाई छाडा छाड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’

नेकपाभित्र विवाद बढ्दै जाँदा संसद स्थगन भएको र ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने देखि संकटकाल लगाउने सम्मको चर्चा चलिरहँदा भट्टराईको पछिल्लो टिप्पणी आएको हो ।-File Photo: Mukunda Kalikote




प्रतिक्रिया