Logo

कोरोना महामारीले विश्वको अवस्था झन् झन् बिग्रदोः डब्लूएचओ



एजेन्सी, ३० असारः विश्वभर फैलिइरहेको कोरोना भाइरस दिनप्रति दिन भयावह बन्दै गएको छ । कोरोना महामारीका कारण विश्व झन् बिग्रदो अवस्थामा गइरहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस हडहानोम गेब्रेससले खतरा औल्याएका छन् । उनले जेनेभाबाट नियमित ब्रिफिङमा यस्तो बताएका हुन् ।

प्रत्येक दिन भाइरसले विश्वमा बिक्राल अवस्था बनाइरहेको डब्लूएचओको भनाइ छ । विश्वको कार्यशैली पुरानो अथवा सामान्य अवस्थामा पुग्न कठिन देखिएको छ । विश्वले कोरोनालाई आत्मसाथ गर्दै नयाँ प्रणालीबाट कार्यविधिहरु शुरु गर्नुपर्ने प्रमुखको जोड रहेको छ । कोरोना महामारीले गलत दिशा समातेको र यसले विश्वमा ठूलो प्रभाव पार्ने विषयलाई डब्लुएचओ प्रमुख टेड्रोसले औल्याएका छन् ।

कोरोनाका कारण विश्वभर एक करोड तीस लाख मानिस प्रभावित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पौने छ लाख भइसेकेको छ । केही देशहरुमा नियन्त्रण देखिएको कारण लकडाउन खुकुलो गरिएको थियो । तर, यसको प्रभाव भने झन् बढ्न थालेको थियो । खुकुलो पारिएको देशहरु पुनः लकडाउन गर्न बाध्य भएको छ । बिक्राल अवस्थालाई मध्ये नजर राखी सम्पूर्ण देशहरुले नयाँ निया र प्रणालीसाथ जानुपर्नेमा डब्लूएचओको जोड छ । मास्क र सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड रहेको छ । हङकङमा मास्स प्रयोग नगर्ने व्यक्तिलाई ६४५ डलर फाइन भर्नुपर्ने कानुन जारी गरिएको छ ।

कोरोनाका दास्रो लहरले मानिसको जीवनमा अत्यधिक असर पर्ने समेत जनाइएको छ । यसले निम्त्याएको असरले विद्यालय, कार्यालय र अन्य विभागहरु प्रभावित भएको छ । यसकारण विद्यालयहरुलाई प्रविधिमार्फत अगाडी लग्नु पर्नेमा जोड दिनुपर्ने बताए । ट्रम्प प्रशासनले लस एन्जलिस र स्यान डिएगोमा नयाँ शैक्षिक सत्रलाई पूर्ण रुपले अनलाइनमा परिवर्तन गर्ने बताइसकेको छ ।

कोरोना विरुद्वको खोप वा औषधी भने पूर्ण रुपले प्रयोगमा आउने सकेको छ्रैन् । रुसले मावन परिक्षण साकारात्मक भएको दाबी गरिसकेको छ । यसलाई प्रयोगमा ल्याउन भने केही समय लाग्ने जनाइएको छ । जापनले भने औषधी पत्ता लगाएपछि औषधीको प्रयोग वृद्वहरुमा गरिने समेत जनाइसकेको छ । सम्पूर्ण देशहरु आफ्नो तर्फबाट खोप निर्माण गर्न लागीपरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अमेरिकालाई अत्यधिक चोट पुर्याएको छ । संक्रमण र मृत्युदर निकै अत्यधिक देखिएको छ । महामारीले अगामी दिनमा झन् जटिल अवस्था निम्त्याउने छ ।



प्रतिक्रिया दिनुहोस्