Logo

अयोध्या तिर ध्यान नमोडौं, नक्शामा हक कायम गर्न पहल थालौं- विश्वप्रकाश शर्मा



काठमाडौं, ३० असार । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्या तिर ध्यान मोड्न खोजेर संसदबाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शामा हक कायम गर्न पहल गर्नुपर्ने विषयलाई ओझेलमा पार्न खोजिको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन दुई कर्तव्य कोरोना र कालापानीको विषय रहेको समेत सुझाएका छन् ।

आज ट्वीटमार्फत् शर्माले संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनीतिक पहल थाल्न आग्रह गरे । उनले नेकपाले प्रधानमन्त्री ओलीलाई जिम्मेवारी बुझाउनुपर्ने र आफूहरुले सम्झाउने कर्तव्य निभाइरहेको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा अयोध्या भारतको नभई नेपालमा रहेको भनी टिप्पणी गरेपछि प्रतिक्रिया आयरहँदा काँग्रेस प्रवक्ता शर्माको पछिल्लो भनाई आएको हो ।

उनले लेखेका छन्ः@Pm_Nepal को तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी ! १) हृदयमा छंदैछन् `राम´,चिन्ता राजु सदाहरुको गरौं l २) `अयोध्या´ तिर ध्यान मोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनैतिक पहल थालौं ! सम्झाउने कर्तव्य हाम्रो ,बुझाउने जिम्मेवारी नेकपाको !-File Photo



प्रतिक्रिया दिनुहोस्