Logo

मेलम्ची खानेपानी आयोजना: परीक्षणका क्रममा सुरुङ फुट्दा दुई बेपत्ता



हेलम्बु ३० असार। मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटेको छ। सुरुङ्ग परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् । गेट फुट्दा वेपत्ता हुनेमा आयोजनामा कार्यरत इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन् ।

गेट फुटेर निस्केको भेलले चार जनालाई बगाएको र दुई जनालाई भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हालै उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको छ। थप उपचारकालागि उनीहरुलाई काठमाडौं ल्याइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot