Logo

सुनको प्रतितोला एक सयले घट्यो



काठमाडौँ ३० असार :  नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्