Logo

झारफुक गरी सँगै आएका साथीलाई चक्कु प्रहार गरी हत्या



रामेछाप, ३० असार । चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका कठजोर धानखोरियाका दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँका बिनोद कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दिलबहादुर र निधन भएका बिनोद कुमार एक महिलालाई झारफुक गरी सँगै फर्कने क्रममा दिलबहादुरले बीच बाटोमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बिनोद कुमारको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्दा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने दिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्