Logo

पूर्वमन्त्री जीवनबहादुर शाही कोरोना संक्रमित



काठमाडौं, ३० असार । पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण भएको छ । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहेका शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्