Logo

अमेरिकाले विश्वकै सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाइरहेको चीनको आरोप



एजेन्सी ३० असार : अमेरिका र चीनले निरन्तर विभिन्न विषयमा एक अर्काप्रति आरोप प्रत्यारोप लगाइरहेको देखिन्छ। हालै दुवै देशबीच कोरोना भाइरस, हंगकंग प्रदर्शन, हिन्द महासागर, प्रसान्त महासर र साउथ चाइना सीलाई लिएर आरोप प्रत्यारोपको क्रम जारी रहेको छ । दुवै देश बीच गर्माहत बढ्दै गएको छ ।

अमेरिकाले चीनलाइ कोरोना फैलाएको आरोप लगाईरहँदा चीनले अमेरिकामाथि विश्वकै सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाइरहेको आरोप लगाएको छ । टिक टोकलाइ लिएर अमेरिकाले चीनमाथि आरोप लगाएको थियो। यस विषयलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियिंगले खण्डन गर्दै टिकटकको डाटा चीनमा पुगेको कुनै प्रमाण छ भन्दै प्रश्न औल्याएका छन् ।

युवा पुस्ताले भिडियो सेयर गर्ने एपले अमेरिका पुनः डराएको प्रवक्ताले जनाएका छन्। प्रिज्म गेट घटनालाई आधार मान्दै अमेरिका विश्वमा सबैभन्दा ठुलो ह्याकिंग साम्राज्य चलाइरहेको प्रवक्ताले आरोप लगाएका छन्। अमेरिकाले आफ्नो प्रत्येक नागरिकमाथि गैर कानुनी रुपमा नजर राखेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्