Logo

हत्याको आरोपमा भतिज पक्राउ



काठमाडौं, ३० असार । हत्या गरेको अभियोगमा गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । संखुवासभा, धर्मदेवीकारुद्र बहादुर राईको हत्या गरेको अभियोगमा उनकै भतिजो राईलाई पक्राउ गरेको हो ।

रुद्र बहादुरलाई गंगाले शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएपछि पुगेको प्रहरीले मुढे पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्