Logo

सेती नदी उत्खनन गरेको अभियोगमा पक्राउ



कास्की, ३० असार । अवैध रुपमा सेती नदी उत्खनन गरेको अभियोगमा दिपक भुषाल सोमबार बिहान पक्राउ परेका छन् । पोखरा दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेको अभियोगमा ग.१ क ३८३२ नम्बरको जेसीबी सहित जेसीबी चालक भुषाललाई प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही स्थानमा रहेको ५ वटा ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त स्थानमा अवैध रुपमा नदी उत्खनन भएको खबर आएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले चालक भुषाललाई पक्राउ गरेको हो ।

आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय पठाएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्