Logo

खेतमा बालिका बलात्कृत



रौतहट, ३० असार । जबरजस्ती करणी गरेको अभियोगमा तुफानी शेख मोहम्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा लक्ष्मीपुरका शेख मोहम्द पक्राउ परेका हुन् ।

बालिका शनिबार साँझ खेतमा गएको समयमा जबरजस्ती करणी गरेका मोहम्दलाई ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्